रास्ट्रिय युवा संघ नेपाल काठमाण्डौ महानगरपालिका -३० वडा कमिटी गठन

कपन अनलाइन

काठमाण्डौ ,असोज ९।

रास्ट्रिय युवा संघ नेपाल काठमाण्डौ महानगरपालिका -३० वडा कमिटी गठन भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको भेलाले २९ सदस्यीय वडा कमिटी गठन गरेको हो।

राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष तथा युथ फोर्स प्रमुख क्षितिज थेवे , सह कोषाध्यक्ष तथा क्षेत्र नं ४ का उत्प्रेरक जय गुरुङ ,नेकपा एमाले काठमाण्डौ महानगर कमिटी अध्यक्ष निर्मल देउला , नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का संयोजक तेज ढकाल ,युवा संघका केन्द्रीय सदस्य टिकेस नारायण सिंह ,पुष्प भट्टराई,दिलिप थिङ्ग  लगायतको उपस्थितिमा भएको भेलाले वडा कमिटीको अध्यक्षमा नवराज खड्कालाई चयन गरेको छ।

तपाइँको प्रतिक्रिया ।