मिलनचोकको ढलमा खसेर बेपत्ता बालक कपन खरिबोटका बिक रहेको आशंका
कपन अनलाइन
काठमाण्डौ ,असोज ८।
मिलनचोकको ढलमा खसेर बेपत्ता बालक कपन खरिबोटका उज्जवल बिक रहेको आशंका गरिएको छ।
असोज ५ गते बेलुका करिव ८ बजेको समयमा बुढानिलकण्ठ नगरपालिका वडा १२ र काठमाण्डौ महानगरपालिका वडा नं ६ को सिमानामा रहेको ढलमा डुवेर बेपत्ता भएका बालकका आफन्तले प्रहरीमा दिएको निवेदनमा उल्लेख गरिएको हुलिया र प्रत्यक्षदर्शीले दिएको हुलिया मिल्न आएकोले ति बालक उज्वल बिक रहेको आशंका गरिएको हो।
ति बालक हराएको समय,उनि गएको दिशा र प्रत्यक्षदर्शी स्थानीयहरुले दिएको हुलियाका आधारमा सो स्थान बाट बेपत्ता भएका बालक बिक हुन् सक्ने अनुमान गर्न सकिने प्रहरीले बताएको छ। ति बालक नभेटिए सम्म केवल अनुमान र आशंका मात्र गर्न सकिने बताउदै प्रहरीले उनको खोजी कार्य जारी रहेको बताएको छ।
कतिपय राजनीतिक दल र स्थानीयहरुले बेपत्ता बालक बिक नै रहेको भन्दै बिज्ञप्ति र सामाजिक संजाल मार्फत प्रचार गरेपनि उनी भेटिए पश्चात हुने परिक्षण र सनाखत पछी मात्र एकिन गर्न सकिने एक स्थानीयले बताएका छन।
बेपत्ता भएको आशंका गरिएका बिक बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा आफ्नी फुपु संगै बस्दै आएका थिए।