नेपाली कांग्रेस चन्द्रागिरी-१० को सभापतिमा पूर्ण महर्जन,को को बने पदाधिकारी ?

नेपाली कांग्रेस चन्द्रागिरी-१० को सभापतिमा पूर्ण महर्जन,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।

नेपाली कांग्रेस चन्द्रागिरी -१० को सभापतिमा पूर्ण महर्जन निर्वाचित भएका छन।काठमाडौ जिल्ला सदस्य पुर्ण महर्जन, लोकतान्त्रिक सत्याग्रहि योद्धा संघ नेपाल का संयोजक हिरा बाहादुर प्रधान , पुर्ब इकाई सभापति कुलनारायण महर्जन लगायतको उपस्थितिमा भएको वडा अधिवेसनले महर्जनको नेतृत्वमा इकाई समिति निर्वाचित गरेको हो।

सो अधिवेसनले इकाई समितीको उपसभापतिमा चिरीबाबू महर्जन र सुन कुमारी श्रेष्ठ निर्वाचित भएका छन भने सचिवमा सबिता महर्जन र  निक्सन महर्जन निर्वाचित भएका छन।

मनोज महर्जन र  बद्री प्रसाद अर्याललाई सह सचिव र महालक्ष्मी महर्जनलाई कोसाध्यक्षमा निर्वाचित गरेको सो अधिवेसनबाट सदस्यमा सदस्य इन्दिरा नकर्मी , शिव बाहादुर बस्नेत ,शारदा महर्जन, डम्बर बाहादुर बानिया , मदन महर्जन , मुकेश महर्जन, सजिना महर्जान , दिल कुमार महर्जन , नारायण कुमार श्रेष्ठ र श्याम कुमार महर्जन निर्वाचित भएका छन।

तपाइँको प्रतिक्रिया ।