कागेश्वरी मनोहरा नगरपालिका–६ बाट १९ लाख रुपैयाँ नगदसहित १३ जना जुवाडे पक्राउ

कागेश्वरी मनोहरा नगरपालिका–६ बाट १९ लाख रुपैयाँ नगदसहित १३ जना जुवाडे पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।

कागेश्वरी मनोहरा नगरपालिका–६ बाट प्रहरीले झण्डै १९ लाख रुपैयाँ नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ।

गएराति १२ बजे कागेश्वरी मनोहरा ७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले सात सेट तास पनि बरामद गरेको छ।

राजन दाहालको घरमा विदुर दाहालले सञ्चालन गरेको जुवाखालबाट उनीहरूलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज बिहानको समयमा सो स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।