नेपाली कांग्रेस काठमाण्डौ-३ का क्षेत्रीय सचिव र कोषाध्यक्षको वडामा सहमति बनेन,आज निर्वाचन हुने

नेपाली कांग्रेस काठमाण्डौ-३ का क्षेत्रीय सचिव र कोषाध्यक्षको वडामा सहमति बनेन,आज निर्वाचन हुने

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।

नेपाली कांग्रेस काठमाण्डौ-३ का क्षेत्रीय सचिवको वडामा अधिवेसन शुरु भएको तिन दिन वितिसक्दा पनि अझै सम्म सहमति हुन् सकेको छैन।

नेपाली कांग्रेस क्षेत्र नं ३ की सचिव तथा गोकर्णेश्वर नगरपालिका उपप्रमुख शान्ति नेपाल र कोषाध्यक्ष किरण केसीको वडा गोकर्णेश्वर-४ मा इकाई र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत हुन् नसक्दा वडा अधिवेशन सम्पन्न हुन् नसकेको हो।

सहमतिका लागि लामो समय सम्म प्रयास गरेपनि सो सफल हुन् नसकेपछि वडा नं ४ मा  आज ९ बजे मनोनयन दर्ता र ३ बजे निर्वाचन हुने भएको छ

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा इकाई समिति र प्रतिनिधिहरुमा सहमति जस्तो माहोल हुने वितिक्कै अदृश्य फोनले वातावरण बिगार्ने गरेको बताउदै क्षेत्रीय कोषाध्यक्ष किरण केसीले अग्रज सम्मान गर्दै सबैलाई सहभागी गराउने आफ्नो प्रयास सफल हुन् नसकेकोमा दुख ब्यक्त गरेका छन।

धेरै आकांक्षी र इच्छुकहरु रहेको अवस्थामा सहमतिका लागि अधिकतम प्रयास गर्दा पनि निस्कर्षमा पुग्न नसकेको बताउदै क्षेत्रीय सचिव शान्ति नेपालले आज बाट प्रजातान्त्रिक पदत्तिलाई सम्मान गर्दै आज निर्वाचनमा जाने तयारी रहेको बताएकी छन ।

 

 

तपाइँको प्रतिक्रिया ।