नेपाली कांग्रेस नागार्जुन-१ को सभापतिमा सुरज थापा, को को बने पदाधिकारी ?

नेपाली कांग्रेस नागार्जुन-१ को सभापतिमा सुरज थापा, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नागार्जुन नगरपालिका वडा नं.१ को अधिवेशनमा इकाई सभापतिमा सुरज थापा मगर सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै उपसभापतिमा श्यामकृष्ण खड्का र विनोद अधिकारी निर्वाचित भएका छन भने  सचीवमा जितेन्द्र लामा र श्याम कुमार बलामीलाई अधिवेसनले निर्वाचित गरेको छ।

सहसचिवमा रामप्रसाद खनाल र विजय कुमार बस्नेत निर्वाचित भएको अधिवेसनबाट  सदस्यमा आरति चित्रकार, राजु प्रसाद दुवाडी, सीता अधिकारी, नरेन्द्र बहादुर बोहरा, कपिल अमागाई, ममता तामाङ, प्रजिला लामा, रामशरण लामा, सुजन मगर, दलबहादुर तामाङ, श्यामसुन्दर नगरकोटी र शंकर वस्ती निर्वाचित भएका छन्।

तपाइँको प्रतिक्रिया ।