अन्तर्राष्ट्रिय शान्ति दिवसमा वि नेपाल स्काउट प्रदेश नं १ को बिराटनगरमा शान्ति र्‍यालि

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा वि नेपाल स्काउट प्रदेश नं १ को आयोजनामा  शान्ति र्‍यालिको आयोजना गरिएको हो ।

ट्राफिक चोकबाट शुरु भएको शान्ति र्‍यालि नगरका विभिन्न भागको परिक्रमा गरि सत्यानारायण माविमा पुगेर शान्ति संवादमा परिणत भएको थियो । शान्ति संवादको आयोजना भने ओपन स्काउट क्र्यु विराटनगरले गरेको हो । शान्ति सम्वाद प्रतियोगितामा विदिशा भट्टराई प्रथम, अपेक्षा साह द्वितीय र विश्वास घिमिरे तृतीय भएको निर्णायक रहनुभएका सञ्चारकर्मी सुदिप कोइरालाले बताए  । सम्वादमा ६ जनाले भाग लिनुभएको थियो ।

कार्यक्रममा स्काउटका प्रदेश १ संयोजक रवी खनाल, प्रदेश सदस्य मुनु पोखरेल, नवलप्रसाद उपाध्याय, सत्यनारायण माविका प्रिन्सिपल धर्मानन्द खरेल, तथा स्काउटका प्रशिक्षकहरुले शान्ति दिवसको शुभकामना दिँदै स्काउटका सदस्यहरुले शान्तिका दुतका रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। यसैगरी सत्यनारायण मावि परिसरमा वृक्षारोपण समेत गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।