सहकारीले उत्पादनमा जोड दिनु पर्छ : सन्तोष चालिसे ( नगर प्रमुख गोकर्णेश्वर )

सहकारीले उत्पादनमा जोड दिनु पर्छ : सन्तोष चालिसे ( नगर प्रमुख  गोकर्णेश्वर )

कपन अनलाइन

काठमाडौँ, असोज ३ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको  चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार गोकर्णेश्वर ब्यांकेटमा आयोजित उक्त कार्यक्रमलाइ बिशेष अतिथिको रुपमा सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए। उनले  चिनारी बचत तथा  ऋण सहकारी संस्थाले दिन प्रतिदिन प्रगतिको बाटोमा अघि बढिरहेको सुन्न पाउदा खुसि ब्यक्त गरेका थिए ।

गोकर्णेश्वर नगरपालिकाले गत तीन बर्ष देखि कुनै पनि सहकारी संस्थाको कार्यक्रम जाँदाआफुलाई सहकारीमा फरकपन आउनुपर्छ भन्दै आएको स्मरण गर्दै  सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।उनले सहकारी क्षेत्रको विकृति, विसंगति अन्त्य गर्नुका साथै सहकारीको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।नगरपालिकाले कृषिमा  आधुनिकीकरण गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले करिब ८९ वटा कृषक फर्महरुलाई आर्थिक अनुदान सहयोग गरेको जानकारी गराएका थिए ।

उनले यो बर्षको बजेटमा नगरपालिकाले सहकारी संग मिलेर उत्पादन  क्षेत्रमा  अगाडी बढ्ने धेरै कार्यक्रमहरु समाबेश गरिएको जानकारी गराए। महिलाहरुलाई उद्यमशील बनाउने लक्ष्यसहित १० जना भन्दा माथिका महिला समुहले कुनै पनि व्यवसाय संचालन गर्न सहकारी संस्थाबाट ऋण लिएका छन् भने त्यो  सहकारी संस्थामा लाग्ने ब्याज नगरपालिकाले तिर्दिने व्यवस्था गरेको समेत जानकारी गराएका थिए ।उनले नगर भित्र रहेका करिब ३ सय वटा सहकारी संस्थाले नगरपालिका संग समन्वय गरेर उत्पादन क्षेत्रमा लगानी गर्नु पर्नेमा समेत जोड दिएका थिए ।  संबिधानले नै आर्थिक बिकासको तीन खम्बे नीति मध्ये एक खम्बा सहकारी क्षेत्र भएकाले पनि सामाजिक  र आर्थिक रुपान्तरण सहकरी मार्फत गर्न सकिने भएकोले सहकारी संग मिलेर काम गर्न चाहेको बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।