नेपाली कांग्रेस काठमाण्डौ -४ को क्षेत्रीय प्रतिनिधिमा व्यापक प्रतिस्पर्धाको संकेत

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

नेपाली कांग्रेस काठमाण्डौ -४ मा क्षेत्रीय प्रतिनिधिमा व्यापक प्रतिस्पर्धाको संकेत देखिएको छ। वडा अधिवेसन आउन दुई दिन बाकि हुँदा अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विभिन्न माध्यम बाट भटाभट दावी प्रस्तुत गरिरहेका छन।

वडा भन्दा माथिल्लो कमिटीमा जानका लागि प्रतिनिधि बन्नुपर्ने भएकोले काठमाण्डौ क्षेत्र नं ४ का पुराना नेता देखि भर्खरै क्रियाशील सदस्यता प्राप्त गरेकाहरु समेत जोडतोडले प्रचार गर्दै भोट माग्न व्यस्त देखिएका छन्।

क्षेत्रीय प्रतिनिधि बन्नका लागि केहि क्रियाशील सदस्यहरुले सामाजिक संजालको भरपुर प्रयोग गरेका छन भने कहिले संचार माध्यमको पन उपयोग गरिरहेका छन।

अहिले क्षेत्रीय प्रतिनिधिमा लड्ने इच्छा ब्यक्त गर्दै उम्मेदवारी घोषणा गरेका हरेकको खल्तीमा  आफ्नो वडाको क्रियाशील सदस्य सुचि भेटिने भन्दै एक नगर सदस्यले अहिले भित्र भित्र व्यापक रुपमा रमाइला भेटघाटको माहोल पनि जमिरहेको बताएका छन।

काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य तथा नेता गगन कुमार थापाको मौनता र क्षेत्रीय सभापति तथा काठमाण्डौ जिल्ला सभापति पदका उम्मेदवार राजु श्रेष्ठको सर्वसम्मति गर्ने प्रतिवाद्दत्ताका कारण अहिले सबैको दावी व्यक्तिगत बन्न पुगेको बताउदै उनले अहिले माहोल निकै तातेको बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।