अनेरास्ववियुका लागि ज्यानको बाजी थापेका समिक बडाल महासचिव बने

अनेरास्ववियुका लागि ज्यानको बाजी थापेका समिक बडाल महासचिव बने

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

अनेरास्ववियुका लागि ज्यानको बाजी थापेका समिक बडाल महासचिव बनेका छन। नेपालको पहिलो त्रिचन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुलाई शशक्त रुपमा स्थापित गर्नका लागि निकै सक्रिय रहेका उनले सांघातिक आक्रमणको समेत सामना गर्नु परेको थियो।

उक्त क्याम्पसमा नेवि संघको आक्रमणमा परेर गम्भीर घाइते भएका बडाल त्यहा भएको स्ववियु निर्वाचनमा निकै झिनो मत अन्तरले पराजित भएका थिए।

त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघको दवदवालाई तोड्दै अनेरास्ववियुलाई दरिलो रुपमा स्थापित गर्न सफल उनि अखिलको केन्द्रीय सदस्य ,सचिव हुदै महासचिव बनेका हुन।

काभ्रेपलान्चोक जिल्ला मंगलटारका स्थायी बासिन्दा बडाल नेपाल बाल संगठनका महासचिव समेत हुन् ।

तपाइँको प्रतिक्रिया ।