नेपाल खेलकुद महासंघ तारकेश्वर नगर कमिटी गठन, अध्यक्षमा मनोहर थापा

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

नेपाल खेलकुद महासंघ तारकेश्वर कमिटी गठन गरिएको छ।नेपाल खेलकुद महासंघका उपाध्यक्ष निरेसलाल सिंहको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य अमृत थापाको अध्यक्षतामा भएको भेलाले  ६५ सदस्यीय नगर कमिटी घोषणा गरेको थियो।

काठमाण्डौ क्षेत्र नं ७ का प्रतिनिधि सभा सदस्य रामबिर मानन्धर  तारकेश्वर नगरका प्रमुख रामेश्वर बोहोरा, उप प्रमुख भवानी डोटेल धिताल, बागमती प्रदेशका सचिवालय सदस्य श्याम घिमिरे,जिल्ला सदस्य कमरेड हरु, नगर कमिटी अध्यक्ष  बासु गौतम ,जिल्ला कमिटी अध्यक्ष राजेश्वरमान स्थापित  लगायतको उपस्थिति भएको भेलामा केन्द्रीय सदस्य तथा उपत्यका सह सचिव विवेक घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने विकास राज बाहकले कार्यक्रम संचालन गरेका थिए।
तपाइँको प्रतिक्रिया ।