बक्सिङ च्याम्पियनसिपमा रविन र प्रदीप फाइनलमा

बक्सिङ च्याम्पियनसिपमा रविन र प्रदीप फाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

एचटुओका रविन थापा र एपीएफका प्रदीप महर्जन आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ५१ केजीमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा रविनले नेपाल प्रहरीका चन्द्र थापा मगर तथा प्रदीपले अल्फाका विशेष बुढा मगरलाई पराजित गरे ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भइरहेको प्रतियोगिताको ५७ केजीमा एपीएफका पुरन राईले दाङका निसम घर्ती मगर तथा बक्समान्डुका सरोज महर्जनले नेपाल आर्मीका पुरन सुनवारलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे । ६३ केजीमा प्रहरीका भूपेन्द्र थापा मगरले नक्सालका आयुशमान चटौतबाट वाकओभर पाउदै भीपीपीकेआरका पवन गुरुङसंग फाइनल भेट पक्का गरे । अर्को सेमिफाइनलमा पवनले एपीएफका झलक रोकायालाई पन्छाएका थिए । ७१ केजीमा एपीएफका विकास लामाले नक्सालका यमराज चौलागाईं तथा आर्मीका दीपेश लामाले एचटुओका विजय बाटालाई पाखा लगाउदै फाइनलमा पुगे ।
ललितपुरका सनिल शाहीले नक्सालका अश्विन धीरज श्रेष्ठलाई निराश पार्दै ६७ केजीको सेमिफाइनलमा स्थान पक्का गरे ।

तपाइँको प्रतिक्रिया ।