विश्वकप क्रिकेटमा संगकाराको विश्व कीर्तिमान

काठमाडौ, २७ फागुन । श्रीलंका तथा स्कटल्याण्डबीचको आइसीसी विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकन ब्याट्सम्यान कुमार संगकारा र तिलकरत्ने दिलशानले शातक प्रहार गरेका छन् ।

tillakaratne_dilshan_kumar_sangakkara
एउटै विश्वकपमा लगातार चार शतक प्रहार गर्ने संगकारा पहिलो ब्याट्सम्यान बनेका छन् । दिलशानले ९९ बलमा १०४ रन बनाएर आउट भए । दिलशानले आफ्नो पारीमा १० चौका र एक छक्का प्रहार गरे भने संगकाराले आफ्नो शतकीय पारीमा आठ चौका र तीन छक्का प्रहार गरे ।
दिलशानले ९७ बलमा शतक बनाए भने संगरकाराले आफ्नो शतक ८६ बलमा पूरा गरे । वनडे प्रतियोगितामा संगकाराको यो २५औं सेन्चुरी हो ।
विश्वकप २०१५ मा संगकाराको शतक
–बंगलादेशविरुद्धको खेलमा १०५ रन
–इंग्ल्याण्डविरुद्ध ११७ रन
–अस्ट्रेलियाविरुद्ध १०४ रन ।
एजेन्सी

तपाइँको प्रतिक्रिया ।