मूर्ति बिसर्जन संगै सकियो विश्वकर्मा पूजा

मूर्ति बिसर्जन संगै सकियो विश्वकर्मा पूजा

कपन अनलाइन

काठमाडौं असोज २ । हिजो  पुजा गरिएको  विश्वकर्माको मूर्ति आज  विधिपूर्वक रुपमा बिसर्जन गरिएको छ । पूजापछि पवित्र नदी वा जलजन्य स्थानहरूमा मूर्ति बिसर्जन गरिने परम्परा अनुसार  आज मूर्ति  बिसर्जन गरिएको  हो ।काठमाडौँको सुन्दरीजलस्थित बागमती नदीमा पनि मूर्ति बिसर्जन गरिएको छ ।

 विश्वकर्मा पूजाको दिनमा श्रम र शिल्पाको सम्मानमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरिन्छ। विश्वकर्मा पूजाको दिनमा कतिपयले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन्। यसरी पूजा गरिएको मूर्तिलाई आज पवित्र नदी वा जलजन्य स्थानहरूमा भक्ति सङ्गीतका साथ रमाइलो  गरिमुर्ति  विसर्जन गरिएको छ । मूर्ति विसर्जनसँगै विश्वकर्मा पूजा समापन भएको छ।

 

तपाइँको प्रतिक्रिया ।