गजल : अनिता भण्डारी (पौडेल)

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

प्रकृतिको वासन्ती यो गीत कत्ति रमाइलो !
मनैभरी फुलेको छ प्रीत कत्ति रमाइलो ।

चिरबिर गर्छन चराचुरुङ्गीहरु मिठो धुन पोखी
बुझ्छौ हामी तिनको संगीत कत्ति रमाइलो ।

बास्ना छर्दै मुस्कुराउने फूलहरुलाई हेर त
घामसंगै बिलाउने त्यो शीत कत्ति रमाइलो ।

हरियाली जगत अनि उस्तै छ मौसम पनि
प्रकृतिसंगै लुकुमारी प्रेमको जित कत्ति रमाइलो ।

मनको भाषा मनले बुझ्ने दुई नजर जुध्दा
इशारा मै चल्ने संसारको रित कत्ति रमाइलो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।