हरितालिका : सुमित्रा श्रेष्ठ (कविता )

हरितालिका : सुमित्रा श्रेष्ठ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

१. हरितालिका
वेदना समेटेर
आयौ चेलिका ।।

२. मनको बह
गाउछु तिजैगीत
पोखि बिरह ।।

३. छु म अभागी
खाएकी छु हन्डर
बाकी नराखी ।।

४.ज्यामी काम थ्यो
कोरोनाले सतायो
बन्द भयो त्यो ।।

५. काम चलेन
कति दिन घरमा
चुलो बलेन ।।

६. कसो गरौ खै
माइतिको हेला छ
दुखी चेली लै ।।

७. छैन कोसेली
रित्तो हात लिएर
के जानु चेली ।।

८. सारी गहना
राम्रो छैन हेप्दछ
पारी बहाना ।।

९. भट्टी धाउनी
बूढो उतै मख्ख छ
राम्री साहुनी ।।

१०.तास खालमा
हारी घर आउछन्
जोगि तालमा ।।

११.यस्तो चालले
साह्रै दुख पाको छ
लालाबालाले ।।

१२.जे छ खाउला
यस्तै रैछ करिम
चित्त बुझाउला ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।