फ्रि लान्स राइटर : पेशल आचार्य ( कविता )

फ्रि लान्स राइटर : पेशल आचार्य ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

स्वच्छन्द
निर्बन्ध
अपरिमित
असिमित
अधिकारहरु उपभोग गर्दै
क्रमशः यात्री हुनुको मजै बेग्लै,

हुनु हुन्न कसैका घोडा
बन्नै हुन्न परायाका हनुमान
अरिगाँल वा ढेडुहरु
जेजे नाम देऊ
या सर्वनामले सर्मनाक गाली गर,

आफ्नो सिदोपिठो खाएर
आफ्नो गीता गाएर
बाँच्नु कता हो कता
आनन्द हुन्छ जीवनमा
भन्छन् नि
परतन्त्री भएर
धनीको गाई हुनु भन्दा
स्वतन्त्री भएरै
गरिबको कुकुर हुनु
धेरै बेस,

जीवन हो
जतिन्जेल बाँचिन्छ
जतिन्जेल हाँसिन्छ
मजाले बाँच्नुपर्छ
खुसीले हाँस्नुपर्छ
बाँधिएर कुनैका सिद्धान्तमा
वा टनक्क कसिएर डोरीमा
घिस्सिएर जीउनुभन्दा
स्वच्छन्द कावा खाएर
फ्रि लान्स राइटर भएरै
बाँच्नु बेस् ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।