पाँच योजना सहित नेपाली कांग्रेस गोकर्णेश्वर ३ इकाई सभापतिमा  जयराम बिष्टको दाबी  

पाँच योजना सहित नेपाली कांग्रेस गोकर्णेश्वर ३ इकाई सभापतिमा  जयराम बिष्टको दाबी  

कपन अनलाइन

काठमाडौं असोज १ पाँच योजना सहित नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३  गोकर्णेश्वर नगरपालिका वडा नं ३ को इकाई सभापतिमा  जयराम बिष्टले  तयारी गरेको बताएका छन। लामो समय देखि समाजसेवा मा सक्रिय बिष्टले सिद्धान्तनिष्ठ, सेवा र विकासमुखी राजनीति बनाउनु पर्ने बताएका  छन अनुशासन, आर्थिक पारदर्शिता, पार्टी प्रतिको ईमान्दारिता र निरन्तरता नै आफ्नो उम्मेदवारीको मुख्य आधार रहेको बताउदै बिष्टले आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ सभापतिमा दाबी गरेका हुन । विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय बिष्ट  नगरपालिका भित्र विभिन्न सामाजिक संघसस्थामा क्रियाशील रहदै समाजसेवामा सक्रिय भूमिका खेल्दै आउनुले उनि राजनीतिक मात्र नभई सामाजिक व्यक्तित्व पनि भएको प्रस्ट बुझिन्छ । आजसम्म कसैलाई पनि घाटा हुने काम नगरेको बताउने उनले समाजमा भए गरेका विकास निर्माणमा सहभागिता जनाउदै आएका छन ।उनले आफुले खेल्न सक्ने भूमिका र योजना प्रस्तुत गर्दै इकाई सभापतिमा दावी गरेका छन।

के के छन  जय राम बिष्टका पाँच योजनाहरु ?

१)स्थानिय स्तरमा नेपाली कांग्रेस पार्टीमा आस्थावान सम्पूर्ण बौद्धिक  व्यक्तित्वहरु, प्राध्यापक , वकिल, साहित्यकार एंव समाजसेवीहरु विच संमन्यय गरि उनीहरूको बिज्ञतालाई पार्टी सुदृढीकरण एंव बिस्तारमा उपयोग गर्ने ।

२) पार्टी भित्रका अग्रज व्यक्तित्वको  सम्मान एंव कार्यकर्ताको  क्षमतालाई मुल्यांकन गरि स्वस्थ प्रतिष्पर्धाको  वातावरण बनाउन अभिभावकीय भुमिका प्रदान गर्न प्रयत्न गर्ने ।

३) स्थानिय स्तरमा हुने बिकासलाई दिर्घकालिन र सर्वोपरी परी हितका लागि बनाउन स्थानिय स्तरमा बसोबास गर्ने बिषय बिज्ञको  सल्लाह सुझाव लिने, उनिहरु संग अन्तर्क्रिया गर्ने परिपाटीको  बिकास गर्ने ।

४) पार्टीलाई सधै चलायमान बनाउन समय समयमा बिबिध कार्यक्रमहरु जस्तै कार्यकर्ता प्रशिक्षण, गोष्ठी, सेमीनार आदि गर्न प्रेरित गर्ने र आवस्कयक सहयोग प्रदान गर्ने ।

५) आफ्नो क्षेत्रमा रहेका विषय बिज्ञहरुलाई पार्टीको नीति निर्माण तहमा पुर्याउन वा सरकारी निकायमा हुने नियुक्तिहरुमा शिफारिस गर्ने र नियुक्त हुने व्यक्तिले स्थानीय पार्टी ईकाईलाई आर्थिक एंव संगठनातमक सुदृढीकरणका लागि विशेष सहयोग गर्नु पर्ने परम्परा बसाल्ने ।

 

 

तपाइँको प्रतिक्रिया ।