काठमाण्डौ १३८ वटै वडामा नेपाली कांग्रेसको वडा अधिवेसन असोज ५ गते

काठमाण्डौ १३८ वटै वडामा नेपाली कांग्रेसको वडा अधिवेसन असोज ५ गते

कपन अनलाइन

काठमाडौँ, असोज १।

असोज ५ गते काठमाण्डौ १३८ वटै वडामा नेपाली कांग्रेसको वडा अधिवेसन हुने भएको छ। देशका विभिन्न जिल्लाका वडाहरुमा अधिवेसन भए पनि काठमाण्डौ जिल्लाका ११ स्थानीय तहका १३८ वडामा भने अधिवेसन भएको थिएन।

काठमाण्डौ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिए संगै अव असोज ५ गते सबै वडामा अधिवेसन गर्ने तयारीलाई तीव्र पारिएको छ । त्यसै क्रममा वडा अधिवेसनको व्यवस्थापन र परिचालनका लागि आज जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा बैठक बसेर अधिवेशनको मिति तय गरिएको हो।

पार्टी जिल्ला कार्यालय ज्ञानेश्वरमा बसेको बैठकले भोलि असोज २ गते सनिवार सम्म निर्वाचन अधिकृत तोकेर अधिवेसन प्रक्रिया शुरु गर्ने लगायतका निर्णयहरु गरेको छ ।

तपाइँको प्रतिक्रिया ।