नेकपा एसमा सनाखत गर्ने कागेश्वरी मनोहरा नगरपालिकाका दुई जनप्रतिनिधि एमाले फर्किए

नेकपा एसमा सनाखत गर्ने कागेश्वरी मनोहरा नगरपालिकाका दुई जनप्रतिनिधि एमाले फर्किए

कपन अनलाइन

काठमाण्डौ असोज १।

नेकपा एसमा सनाखत गर्ने कागेश्वरी मनोहरा नगरपालिकाका दुई जनप्रतिनिधि एमाले फर्किएका छन। नेकपा एमाले विभाजन पछी नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका वडा नं ५ र वडा नं ८ का दुई जना जनप्रतिनिधि नेकपा एमालेमै फर्किएका छन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले आयोजना गरेको विस्तारित प्रशिक्षण कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ की सदस्य बबिता दाहाल ( कुइकेल ) र वडा नं ८ की सदस्य गुणकेशरी श्रेष्ठ नेकपा एमालेमै फर्किएको घोषणा गरिएको थियो।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईको अध्यक्षता भएको सो कार्यक्रममा नेकपा एमालेमा फर्किएका ति दुई जनप्रतिनिधिहरुलाई सम्मान सहित स्वागत गरिएको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।