गोल्फुटारमा आयोजित कार्यक्रममा तेक्वान्दो खेलाडी पलेशा सम्मानित

गोल्फुटारमा आयोजित कार्यक्रममा तेक्वान्दो खेलाडी पलेशा सम्मानित

कपन अनलाइन

काठमाण्डौ असोज १।

राष्ट्रिय तेक्वान्दो खेलाडीहरुको समूहले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ  ।
गोल्फुटारमा भएको कार्यक्रममा पलेशालाई नगद ७ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्र प्रदानद्वारा सम्मान गरिएको थियो ।
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण विजेता आयशा शाक्य, रञ्जन श्रेष्ठ, १३ औं सागका स्वर्ण विजेता सक्षम कार्कीलगायतले उनीहरुलाई सम्मान गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।