संविधान दिवसका दिन बुढानिलकण्ठका १३ वटै वडामा बृहत सरसफाई अभियान हुने

संविधान दिवसका दिन बुढानिलकण्ठका १३ वटै वडामा बृहत सरसफाई अभियान हुने

कपन अनलाइन

काठमाण्डौ असोज १।

संविधान दिवसका दिन बुढानिलकण्ठका १३ वटै वडामा बृहत सरसफाई अभियान संचालन हुने भएको छ।

हरेक वर्ष झैँ यस वर्ष पनि असोज ३ गते संविधान दिवसका दिन सरसफाई अभियानमा सामेल हुनका लागि नगरपालिकाले जनप्रतिनिधि , राजनीतिक दल ,सामाजिक संघ संस्था,स्वयंसेवक र आम नगरवासीलाई अनुरोध गरेको छ।

“संविधान दिवस सरसफाई गरी मनाऔँ” भन्ने नारा सहित  बृहत सरसफाई कार्यक्रम आयोजना गरेको नगरपालिकाले निम्न उदेस्य राखेर सरसफाई अभियान आयोजना गरेको जानकारी दिएको छ।

१.संविधान दिवस मनाउने ।

२.“आफ्नो वरीपरीको सरसफाई आफ्नै दायित्व” भन्ने सन्देश नगरवासीमा सम्प्रेषित गर्ने ।

३.बर्षातको विदाई र शरद ऋतुलाई स्वागत गर्ने ।

४.चाड पर्वको मौसमको स्वागत गर्ने ।

५.नगरको काममा एकिकृत ऐक्यबद्दता प्रकट गर्न ।

सुचना :

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।