शिक्षा क्षेत्रका विज्ञहरू भन्छन :भौतिक कक्षा नै बढी प्रभावकारी

शिक्षा क्षेत्रका विज्ञहरू भन्छन :भौतिक कक्षा नै बढी प्रभावकारी

कपन अनलाइन

काठमाण्डौ असोज १।

शिक्षा क्षेत्रका विज्ञहरूले भौतिकरूपमा जस्तो भर्चुल कक्षा प्रभावकारी नभएको धारणा राखेका छन । इन्टरनेटको पहुुँच बढ्दै गएकाले पनि महामारीका बेला भर्चुल कक्षा बाध्यकारी थियो तर अब भौतिकरूपमै कक्षा सञ्चालन गर्नु राम्रो हुने  शिक्षाविद्हरूको भनाइ रहेको छ ।
तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा रहेको एन. आर. कलेजको १५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्राध्यापक श्यामकृष्ण बिष्टले भौतिक कक्षाको पढाइ अगाडि बढाउँदा सरकारले लागूू गरेका स्वास्थ्यका मापदण्डको पालनामा जोड दिएका थिए  ।
त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक सभा सदस्यसमेत हुनुुभएका सो कलेजका संस्थापक प्रिन्सिपल धनलाल महर्जनले प्रविधिले शिक्षा क्षेत्रमा मात्र नभई ज्ञानको क्षेत्रमा आमूल परिवर्तन ल्याएकाले हाम्रा प्राध्यापकहरूले आफ्नो प्रावधिक ज्ञानको विकासमा सधैं अद्यावधिक हुनुुपर्नेमा जोड दिए  ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष चित्रवरध्वजसिंह थापाले कलेजले भौतिक र गुणस्तर दुवैमा राम्रो प्रगति गरेको उल्लेख गर्दै कलेजमा हाल स्नातक तह र स्नातकोत्तर तहमा गरी एक हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिएका थिए  ।

क्याम्पस प्रमुख राजीप धितालले कलेजमा नयाँ नयाँ पाठ्यक्रमलाई समावेश गराएर विद्यार्थीको आकर्षणलाई कायमै राख्न र प्राध्यापकहरूलाई प्रविधिमैत्री पुनर्ताजगी तालिम दिने योजना सुनाए  ।
कलेजको मानविकी तथा सामाजिक शास्त्र सङ्कायका विभागीय प्रमुख कृष्णराज कट्टेलले स्नातक तह तहमा मानविकी, शिक्षा शास्त्र सङ्काय र व्यवस्थापन विषयमा अध्यापन हुँदै आएकोर  स्नातकोत्तर तहमा व्यवस्थापन र समाजशस्त्रमा पढाइ हुने जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।