रिलायन्स इन्टरनेसनल एकेडेमीका दुई विद्यार्थीले रास्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पुरस्कार पाए

रिलायन्स इन्टरनेसनल एकेडेमीका दुई विद्यार्थीले रास्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पुरस्कार पाए

कपन अनलाइन

काठमाण्डौ असोज १।

रिलायन्स इन्टरनेसनल एकेडेमी बुढानिलकण्ठ -१० का दुई विद्यार्थीले रास्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पुरस्कार पाएका छन। नेपाल बाल संगठन द्वारा रास्ट्रीय बाल दिवस -२०७८ को अवसरमा आयोजित विभिन्न प्रतियोगितामा सफल बनेका सो विद्यालयका विद्यार्थीहरुलाई रास्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी हुन।

नेपाल बाल संगठनले भाद्र २० गते आयोजना गरेको प्रतियोगिताहरु तर्फ सो विद्यालयका दृस्टी कुलुङ्ग (राई ) ले कविता प्रतियोगितामा प्रथम र  कार्तिक बोगटीले चित्रकला तर्फ तृतीय स्थान हासिल गरेका थिए।

रास्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा कविता प्रतियोगितामा प्रथम कुलुङ्गलाई नगद १५ हजार र चित्रकलामा तृतीय हुने बोगटी नगद ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।