आक्रामक प्रचारमा नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सभापतिका उम्मेदवार तेजन खनाल (तेजेन्द्र )

कपन अनलाइन
काठमाडौं, भदौ ३१।

नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका तेजन खनाल (तेजेन्द्र ) ले आक्रामक प्रचार शुरु गरेका छन। नेपाली कांग्रेसको राजनीतिक इतिहासमा महत्वपूर्ण स्थान र भूमिका निर्वाह गरेको ओखलढुंगा जिल्लाको नेतृत्वका लागि खनालले आन्तरिक तयारी र खुल्ला प्रचार शुरु गरेका हुन।

२०४६ शालको जन आन्दोलन बाट राजनीतिमा प्रवेस गरेका उनले २०४७ शालमा  नेवी संघ जिल्ला सदस्य हुदै २०५० शालमा नेवी संघको जिल्ला अध्यक्ष बनेका थिए।

२०५८ शालमा नेपाली कांग्रेस ओखलढुंगा जिल्ला समितिको सदस्य  बनेका खनाल २०६७ शालमा जिल्ला सचिव र २०७३ शालमा उपसभापतिमा निर्वाचित भएका थिए।

२०४९ शालमा महेन्द्र रत्न क्याम्पस ताहाचलमा नेवी संघ अध्यक्ष रहेका खनालले ओखलढुंगाका स्थानीय ,प्रदेस र संघीय निर्वाचनमा सानदार विजयी बनाउन योजवाद्ध रुपमा अभियान संचालनका लागि नेतृत्वको दावी गरेको बताउदै आएका छन।

तपाइँको प्रतिक्रिया ।