रक एण्ड चिल्ली रेष्टुरेण्ट स्वयम्भुबाट पेस्तोल र गोली सहित तारकेश्वरका तामाङ्ग पक्राउ

रक एण्ड चिल्ली रेष्टुरेण्ट स्वयम्भुबाट पेस्तोल र गोली सहित तारकेश्वरका तामाङ्ग पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३० ।

काठमाडौंको सितापाइलामा रहेको रक एण्ड चिल्ली रेष्टुरेण्टमा पेस्तोल र ५ राउण्ड गोली भेटिएको छ । आज  सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले तारकेश्वर नगरपालिका ३ जितपुरफेदी घर भएका २४ वर्षे सोनाम तामाङको साथबाट उक्त हतियार बरामद गरेको बताइएको छ ।

हाल प्रहरीको महानगरीय वृत्त कालिमाटीमा पुर्याइएका तामाङले बोकेको पेस्तोल जर्मनीमा बनेको प्रहरी स्रोतले बताएको छ । उनलाई स्थानीय रक एण्ड चिल्ली रेष्टुरेण्टबाट पेस्तोल र गोली सहित पक्रेको हो ।

तपाइँको प्रतिक्रिया ।