नेपाल बुद्दिष्ट  तामाङ सुधार समितिले शनिबार माकलबारीमा रक्तदान गर्ने

कपन अनलाइन

काठमाडौँ, भाद्र ३०। गोकर्णेश्वर नगरपालिकामा वडा नं ८ माकलबारी सानो पुलमा  रक्तदान  कार्यक्रम हुने  भएको छ। रक्तदान गरौ जीवन दान गरौ भन्ने मूल नाराको साथमा नेपाल बुद्दिष्ट  तामाङ सुधार समितिको आयोजना २०७८ साल असोज २ गते शनिबार माकलबारी सानो पुलमा बिहान  ८ बजे देखि अपरान्ह १ बजे सम्म   आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन गर्न लागिएको सो रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय पुण्य आर्जन गर्न आयोजकले  अनुरोध गरेका छन् ।रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित आयोजना गर्न लागिएको उक्त  रक्तदान कार्यक्रममा इच्छुक स्वस्थ ब्यक्तिहरुलाइ रक्तदान गर्न समेत आयोजकलेल अनुरोध गरेको छ ।

उक्त कार्यक्रममा माकल बारी टोल सुधार समिति, प्रगती महिला समूह लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर, लायन्स क्लब अफ  काठमाडौं थर्ड आइ, सिदार्थ टोल सुधार समिति, कालिन्चोक स्वास्थ्य क्लिनिक, लक्ष्मी नारायण महिला समुह, मुक्तिनाथ महिला समुह, सिदार्थ महिला समूह, जया मल्टिपल क्याम्पस,  बज्रयोगिनी महिला समूह, ओसिस पार्टी प्यालेस, भेनस नेशनल कलेज, माकलबारी प्रहरी बिट, बागमती करिडोर विकास समिति, अत्तरखेल महिला समुह, अन्जुली महिला समुह, उडवोर्क  फर्निचर उद्योग सहयोगी संस्थाको रुपमा रहेको छ ।

तपाइँको प्रतिक्रिया ।