गोकर्णेश्वर नगरपालिकामा उप मेयर संग महिला कार्यक्रम अन्तरगत अभिमुखिकरण ,अन्तरक्रिया कार्यक्रम शुरु

गोकर्णेश्वर नगरपालिकामा उप मेयर संग महिला कार्यक्रम अन्तरगत अभिमुखिकरण ,अन्तरक्रिया कार्यक्रम शुरु

कपन अनलाइन

काठमाडौँ, भाद्र ३० । गोकर्णेश्वर नगरपालिकामा उप मेयर संग  महिला कार्यक्रम अन्तरगत अभिमुखिकरण, अन्तरक्रिया र स्वयम सेविका संम्मान कार्यक्रमको शुभारम्भ गरिएको छ । सुनगाभा पार्टी प्यालेस गोकर्णमा  नगरपालिकाको आर्थिक सहयोगमा तीन दिन सम्म चल्ने उक्त कार्यक्रमको आयोजकको रुपमा गोकर्ण महिला संजाल रहेको छ भने सहआयोजकको रुपमा दीप श्री क्रियटिभ मिडिया रहेको छ ।

  कार्यक्रमको प्रमुख अतिथि पुर्व सहकारी मन्त्रि एबम नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुश्री अम्बिका बस्नेतले पानस मा दिप प्रज्वलन गरि शुभारम्भ गरिएको कार्यक्रममा बिशेष अतिथिको रुपमा प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल,  जिल्ला समन्वय समिति काठमाडौंकि सदस्य सान्नानी लामा, नगर प्रवक्ता एबम वडा नं ८का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,वडा वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, कार्यपालिका सदस्य सत्य भामा श्रेष्ठ,  वडा नं ५ कि वडा सदस्य दुर्गा फुयाल तिम्सिना, वडा नं ७ कि वडा सदस्य बिन्दा सापकोटा , नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरी, बिभिन्न महिला समूहका प्रतिनिधि स्वास्थ्य स्वयं सेविका लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

 कार्यक्रमको अध्यक्षता गोकर्ण महिला संजालकि  अध्यक्ष लक्ष्मी गिरिले गरेकी थिइन ।कार्यक्रममा गोकर्ण महिला संजालकि कोषाध्यक्ष मैना गिरिले स्वागत मन्तब्य राखेकी थिइन ।कार्यक्रममा दिप श्री मिडिया दिपक लामिछानेले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै  पुर्व सहकारी मन्त्रि एबम नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुश्री अम्बिका बस्नेतले आयोजकलाइ धन्यबाद दिदै कोरोनाको कारणले गर्दा भेटघाट हुन नसकेको बताउदै महिला दिदीबहिनीहरु संग भेटघाट गर्न पाउदा खुसि लागेको बताएकी थिइन् ।उनले महिलाहरुको क्षमता अभिबृद्दी गर्नु पर्नेमा जोड दिएकी थिइन ।

महिलाहरु चुलो चौको र घरधन्दामा मात्रै सिमिति नभइ नेतृत्व तहमा आउनु पर्ने बताउदै महिलाहरुको सिप र क्षमताको विकास गर्दै घर भन्दा बाहिर नेतृत्व गर्न सक्ने बन्नु पर्नेमा उनको जोड  रहेको थियो ।महिलाहरुको समाजमा बहुआयामिक भूमिका रहने हुनाले आफ्नो पारिवारिक कर्तब्यलाई समेत मध्यनजर राख्दै व्यवसाय अगाडी बढाउनुपर्ने बताउदैन महिला सक्षम हुनका लागि आर्थिक रुपमा सवल हुनुपर्ने र आर्थिक रुपमा सवल हुनका लागि आम्दानी आवश्यक रहेको र आम्दानीका लागि व्यवसाय अनिवार्य सर्त रहेकोले महिलाहरुलाई उद्यमशिल हुनका लागि अपिल गरेकी थिइन ।उनले महिलाको क्षमता विकासमा राज्यको लगानी अधिक रहेकोले त्यसको उपयोग गर्नुपर्नेमा जोड दिएकि  थिइन । उनले समाजमा स्वास्थ्य स्वयं सेविकाहरुले खेलेको भूमिकाको उच्च प्रसंशा समेत गरेकी थिइन ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले  आयोजकलाइ धन्यबाद दिएका थिए । उनले महिलाहरु नेतृत्वमा आउनु पर्नेमा जोड दिदै असल  नेतृत्व भयो भने मात्र देशले विकास गर्ने बताएका थिए ।भौतिक विकास मात्रै विकास नभएर सामाजिक विकास पनि हुनु पर्ने बताउदै उनले  त्यसका लागी महिलाहरु शसक्तिकरण हुनु पर्ने आजको आवश्यकता भएको बताएका थिए । महिलाहरुको क्षमता वृद्धि गर्न यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने  बिश्वास ब्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए । उनले महिला पुरुष एक अर्काको परिपुरक भएको समेत बताएका थिए । उनले  नेपालको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य स्वयं सेविकाको भूमिका गहन रहेको बताउदै प्रसंशा गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपालले महिला दिदीबहिनीहरु संग प्रत्यक्ष रुपमा जोडिन  उप मेयर संग महिलाहरु कार्यक्रम ल्याएको बताएकी थिइन ।नगरले महिलाहरुको सिप विकासमा जोड दिदै उद्यमशिलतालाई जोड दिदै आएको र सो अन्तर्गत बिभिन्न समयमा बिभिन्न तालिम प्रदान गरिरहेको बताएकी थिइन ।महिला तथा गृहिणीहरुले घर व्यवहार चलाउँदा वा कुनै काम गर्दा घरबाट आर्थिक माग्न नपर्ने अवस्थाको सृजना गरी उनीहरु व्यवसायका माध्यमबाट आत्मनिर्भर हुनु पर्नेमा  जोड दिदै महिलाहरु आत्मनिर्भर भए सामाजिक न्याय स्थापित हुने बिश्वास ब्यक्त गरिन ।

महिला र पुरुषको समान सहभागिता र साझेदारी आजको आवश्यकता भएको बताउदै  जीवन रथको एउटा पांग्रालाई बेवास्ता गरेर अर्को पांग्रालाई मात्र जति धेरै माया गरे पनि त्यो रथ राम्रोसँग गुड्न  नसक्ने बताइन । उनले  महिलालाई आत्मनिर्भर बन्ने बाटोमा घरपरिवार र समाजले सहज र सरल वातावरण बनाइदिनुपर्छ। तब मात्र समतामूलक समाजको निर्माण हुन सक्ने बताएकी थिइन । उनले आफु स्वास्थ्य स्वयं सेविकाको रुपमा काम गरेको स्मरण गर्दै  सेवाको दायरा फराकिलो हुँदै गए पनि सेवा सुबिधा कम भएको हुँदा नगरपालिकाले सेवा सुबिधा बृद्दीको लागि आफुले पहल गरिरहेको जानकारी गराएकी थिइन ।

कार्यक्रमलाइ नगर प्रवक्ता एबम वडा नं ८का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, जिल्ला समन्वय समिति काठमाडौंकि सदस्य सान्नानी लामा स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय कार्यपालिका सदस्य  सत्यभामा श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।