हेलम्बु चनौटेको रातोपुलमा बेलीब्रिज निर्माण गर्न बजेट व्यवस्थापन भयो

हेलम्बु चनौटेको रातोपुलमा बेलीब्रिज निर्माण गर्न बजेट व्यवस्थापन भयो

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३०।

हेलम्बु चनौटेमा बेली ब्रिज राख्न बजेट व्यवस्थापन भएको छ। सो क्षेत्रमा आएको निरन्तर आएको बाढीका कारण पूर्ण रुपमा क्षेती पुगेको सो स्थानमा रहेको रातो पुलको स्थानमा बेलीब्रिज बनाउनका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको हो।

सो स्थानमा ९०  लाख ५३ हजारको बजेट सिमामा रहेर पुल निर्माणका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरे संगै निर्माण प्रक्रिया अगाडी बढाउने बाटो खुलेको हो।

सिन्धुपाल्चोक जिल्लाको पश्चिम भेगमा रहेका विभिन्न स्थानीय तहलाई जोड्ने लाइफ लाइनका रुपमा रहेको सो पुल निर्माणका लागि स्थानीयहरुले लामो समयदेखि माग गर्दै आएका थिए।

अर्थ मन्त्रालयको पत्र :  

तपाइँको प्रतिक्रिया ।