इन्टरनेट सेवा प्रदायकहरुको पोल भाडा बढ्यो , नगर र गाउँपालिकामा कति ?

इन्टरनेट सेवा प्रदायकहरुको पोल भाडा बढ्यो , नगर र गाउँपालिकामा कति ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३०।

नेपाल विद्युत प्राधिकरणका पोल उपयोग गर्दै आएका सेवा प्रदायकहरूको तार तथा उपकरण प्रयोगकर्ताहरुको भाडा बढेको छ।

यस अघि  नगरपालिकामा प्रति किमी प्रति वर्ष २ हजार १०० रुपैयाँ रहेकोमा बढाएर ७ हजार रुपैयाँ र गाउँपालिकामा प्रति किमी प्रति वर्ष १ हजार रुपैयाँ रहेकोमा बढाएर ७ हजार रुपैयाँ  पुर्‍याएको छ । त्यस्तै प्राधिकरणले असोज १५ गते भित्र इन्टरनेट र टेलिफोन सेवा प्रदायकले पोल भाडा नतिरेमा  लाइन काट्ने भएको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै नियमानुसार सम्झौता नगरे त्यस्ता सेवा प्रदायकहरूको तार तथा उपकरणसमेत हटाउन लागेको जानकारी दिएको हो ।

सम्झौता नगरी संरचना प्रयोग गर्ने, प्रयोग गरेर पनि सो बापत प्राधिकरणलाई भाडा नै नबुझाउने, जीपीएस कोर्डिनेशन नक्सा र दूरी खुल्ने कागजातसमेत नदिने गरेको प्राधिकरणले जनाएको छ ।

यसैबीचमा, प्राधिकरणले संरचना प्रयोग गरेबापत तिर्नुपर्ने भाडादर परिमार्जन गरेको छ । प्राधिकरणले यसअघि महानगर/उपमहानगरमा यसअघि प्रति किमी प्रतिवर्ष ४ हजार १०० रुपैयाँ रहेको पोल भाडा बढाएर १५ हजार रुपैयाँ पुर्‍याएको छ ।

 

तपाइँको प्रतिक्रिया ।