चम्पादेवी-६ मा नेकपा माओवादी केन्द्र परित्याग गरी ३५ जना नेकपा एमालेमा प्रवेस

चम्पादेवी-६ मा नेकपा माओवादी केन्द्र परित्याग गरी ३५ जना नेकपा एमालेमा प्रवेस

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २९।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं  ६ मा नेकपा माओवादी केन्द्र परित्याग गरी ३५ जना नेकपा एमालेमा प्रवेस गरेका छन। नेकपा एमाले प्रदेस नं १ कमिटी सदस्य सुरेश कुमार थापा, जिल्ला सल्लाहकार समितिका अध्यक्ष लिला बहादुर कटवाल सहित नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा भएको कार्यक्रममा उनीहरु नेकपा एमालेमा प्रवेस गरेका हुन।

नेकपा एमाले वडा नं ६ को जल्किनी टोल कमिटी गठन समेत गरिएको सो कार्यक्रममा मोहन खडका, वीर बहादुर खड्का,पदम भुजेल,पदम लुइँटेल,रमेश खड्का,शिव खड्का,गुरु खत्री,टंक घिमिरे,लिलानाथ घिमिरे,जमुना भुजेल,कृष्ण लुइटेल,रमेश खड्का, डिल्ली खड्का,होमनाथ घिमिरे,लक्ष्मण भुजेल सहित ३५ जना नेकपा एमालेमा प्रवेस गरेका हुन।

नेकपा एमाले प्रवेस गरेका सबैलाई स्वागत गर्दै प्रदेस कमिटी सदस्य तथा वडा नं ७ का अध्यक्ष सुरेस थापाले चम्पादेवी गाउँपालिकामा नेकपा एमालेलाई आगामी स्थानीय निर्वाचनमा विजयी बनाउनका लागि यसले सहयोग पुग्ने धारणा राखेका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।