गोकर्णेश्वर ९ मा आज २०८ जनाले कोरोना बिरुद्द अस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाए

गोकर्णेश्वर ९ मा आज २०८ जनाले कोरोना बिरुद्द अस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाए

कपन अनलाइन

काठमाडौं, भाद्र २८ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा आज  २०८ जनाले  कोरोना बिरुद्दको अस्ट्राजेनिका खोपको पहिलो मात्रा  लगाएका छन ।  जोरपाटी स्वास्थ्य चौकी  ९ नं वडा कार्यलयमा  बिहान ११ बजे देखि अपरान्ह ३ बजे सम्म  गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा बसोबास गर्ने १८ बर्ष भन्दा माथिका उमेर समूहलाइ कोरोना बिरुद्दको  अस्ट्राजेनिका खोपको पहिलो मात्रा आइतबार पनि  लगाइएको  थियो  ।

यस अघि  गोकर्णेश्वर नगरपालिका वडा नं ९ले कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ८० बर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूलाई घरमा नै खोप सेवा उपलब्ध गराएको  थियो । खोप कार्यक्रमलाइ गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा ,स्वास्थ्य शाखाका कर्मचारी  र स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।