काठमाण्डौ महानगरपालिकामा विभाजनको असर न्यून :९६ मध्ये ९० जनप्रतिनिधि नेकपा एमालेमा

काठमाण्डौ महानगरपालिकामा विभाजनको असर न्यून :९६ मध्ये ९० जनप्रतिनिधि नेकपा एमालेमा

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २८।

काठमाण्डौ महानगरपालिकामा नेकपा एमालेमा  विभाजनको असर न्यून देखिएको छ।काठमाण्डौ महानगरपालिकामा नेकपा एमालेको सुर्य चिन्ह लिएर निर्वाचित भएका ९६ जना जनप्रतिनिधि मध्ये ९० जना नेकपा एमालेमै रहेका छन।

नेकपा एमाले काठमाण्डौ महानगरपालिकाले आयोजना गरेको स्थानीय तहको दलको बैठकमा काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य सहत ९० जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ इन्चार्ज कृष्णगोपाल श्रेष्ठ,केन्द्रीय सदस्य तथा सह इन्चार्ज नारायण सिलवाल , केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राई ,प्रदेस सभा सदस्यहरु केशव स्थापित , प्रदेस सभा सदस्य तथा काठमाण्डौ जिल्ला सचिव दीपक निरौला , प्रदेस सभा सदस्य गणेश दुलाल लगायतको उपस्थितिमा भएको सो दलको बैठकमा नेकपा एसमा सनाखत गरेका ७ मध्ये  ६ जना जनप्रतिनिधि अनुपस्थित रहेका थिए।

नेकपा एमाले काठमाण्डौ महानगरपालिका स्थानीय संसदीय दलका नेता तथा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा भएको सो दलको बैठकमा नेकपा एसमा सनाखत गरेकी काठमाण्डौ महानगरपालिका वडा नं ६ की सदस्य लक्ष्मी श्रेष्ठ उपस्थित रहेकी थिइन् भने वडा नं ७ का अध्यक्ष सुद्ध डंगोल ,सदस्यहरु कृष्णप्रसाद घिमिरे र निर्मला पुडासैनी,वडा नं १५ का अध्यक्ष ईश्वर मान डंगोल र सदस्य मैया लक्ष्मी श्रेष्ठ तथा वडा नं २७ का सदस्य परिवेश बज्राचार्य अनुपस्थित रहेका थिए।

त्यस्तै काठमाण्डौ जिल्लामा नेकपा एमालेको तर्फ बाट प्रतिनिधित्व गर्ने २० प्रदेस सभा सदस्यहरु  मध्ये ४ जना नेकपा एकीकृत समाजवादीमा सक्रिय भएका छन भने १६ जना नेकपा एमालेमै रहेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।