टोखामा बाल दिवसको सन्दर्भमा मावि स्तरीय अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

टोखामा बाल दिवसको सन्दर्भमा मावि स्तरीय अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २८।

बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी ” भन्ने यस वर्षको राष्ट्रिय बाल दिवसको नारा सार्थक पार्ने उद्देश्यले  टाेखा नगरपालिकाको आयोजनामा महिला तथा बालबालिका शाखाको संयोजकत्वमा राष्ट्रिय बाल दिवस २०७८ सन्दर्भमा आयोजित अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

“बाल मैत्री शासन बाल अधिकारको सम्मान ” विषयक मावि स्तरीय अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता आज टाेखा नगरपालिका वडा न ५ को हेराल्ड कलेज बसुन्धरामा सम्पन्न भएकोहो  ।

नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तराट्रिय प्रतिवद्धता व्यक्त गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ।

टाेखा नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय बक्तृत्वकलाको निर्णायक मण्डलमा पद्म कन्या कलेजका सह- प्राध्यापक डा.शैलेन्द्र प्रकाश नेपाल,टाेखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम र टाेखा नगर कार्यपालिका सदस्य कल्पना घिमिरे लगायतको निर्णायक टाेलिले टाेखा नगरपालिका वडा १ बाैडेश्वर माविका श्रेया अधिकारीले ९८ अंक सहित प्रथम,टाेखा नगरपालिका वडा ७ तिलिंगटार मावीका कृति मिश्र ९७ अंक सहित द्वितीय , टाेखा नगरपालिका वडा ५ बि एन एकेडेमीका आदित गुरुङ ९६ अंक सहित तृतीय र टाेखा नगरपालिका वडा ३ अमर मावीका सजिया अर्याल ९४अंक सहित चौथो सान्त्वना पुरस्कार घोषित भएका गरेका छन् ।

यहि भाद्र २९ गते राष्ट्रिय बाल दिवस २०७८ सन्दर्भमा आयोजित अन्तर विद्यालय बक्तृत्वकलामा टाेखा नगरपालिका भरिका २१ विद्यालयको सहभागिता रहेकोे बक्तृत्वकलामा कक्षा ७ देखि कक्षा ९ सम्मका प्रतियोगिहरुको प्रतिस्पर्धामा ४९ जना विद्यार्थीहरुले भाग लिएका थिए ।बक्तृत्वकलामा प्रथम भएकालाई नगद १० हजार सहित प्रमाणपत्र , द्वितीय हुनेलाई ७ हजार सहित प्रमाणपत्र, तृतीयलाई ५ हजार नगद सहित प्रमाणपत्र र चौथो हुनेलाई ३ हजार सान्त्वना पुरस्कार  भाद्र २९ गते राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा टाेखा नगरपालिका वडा न ५ को हेराल्ड कलेज बसुन्धरामा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको टाेखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले बताए ।

तपाइँको प्रतिक्रिया ।