५७ औं राष्ट्रिय बाल अधिकार दिवसको नारा : ‘सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’

५७ औं राष्ट्रिय बाल अधिकार दिवसको नारा : ‘सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २८।

‘सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित ५७ औं राष्ट्रिय बाल अधिकार दिवस विविध कार्यक्रमसहित मनाइने भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषदद्वारा आइतवार राजधानीमा ‘राष्ट्रिय बाल अधिकार दिवस’ को सन्दर्भमा आयोजित कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव याम कुमारी खतिवडाले बालबालिकामा गरेको लगानीले महिला हिंसा न्युनिकरणमा सहयोग पुग्ने बताएएकी छन   ।
उनले विकास,निर्माणको काम विशेष गरी सडक तथा भौतिक निर्माणमा मात्र बजेट छुट्याउने र महिला र बालबालिकाका लागि बजेट खर्च नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताइन   ।

त्यस्तै  परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा बालबालिकाको हित, अधिकार र संरक्षणको पाटोबाट भएका कामबारे चर्चा गर्दै परिषद्ले बालबालिकालाई कोभिड–१९ बाट बनाइएको प्रचार सामग्रीको पहुँच दुई लाख ६० हजारमा पुगेको बताए  ।
यसबीच चारसय ५७ वटा बालगृहमा रहेका एघार हजार ३३२ जना बालबालिकाको अवस्थाको अनुगमनसहित आवश्यक सहयोग लागि परिषद्ले समन्वय गरेको छ ।
कोभिड–१९ को कारण अभिभावक विहिन भएका ३० वटा स्थानिय तहबाट दुई सय दुई जना बालबालिकाको संरक्षण प्रक्रिया सुरू भएको निर्देशक धरेलले बताएका थिए  ।
स्थानिय तहमा बालबालिका सम्वन्धी ऐनको कार्यान्वयनको लागि जिल्लास्तरीय अनुशिक्षण, कोरोना महामारीमा भर्चुअल माध्यमबाट पनि छलफल जारी रहेको उनको भनाई छ ।
त्यसैगरी दिवसको सन्दर्भमा बाल अधिकारसम्वन्धी भिडियो प्रतियोगिताको आयोजना गरिएको छ ।उत्कृष्ट भिडियोमध्ये प्रथम हुनेलाई २५ हजार रूपियाँ, द्वितियका लागि २० हजार रूपियाँ र तृतीय भिडियोलाई १५ हजार रूपियाँ प्रदान गरिने जानकारी दिएको छ ।
परिषद्ले नेपाल रग्वी एसोशियसन सँगको समन्वयमा सडकबाट उद्धार गरिएका ४० जना बालबालिकालाई रग्वी प्रशिक्षण कार्यक्रममा सुरूवात गर्ने निर्देशक धरेलले जानकारी दिएको छ  ।

तपाइँको प्रतिक्रिया ।