नेपाल खेलकुद महासंघ धादिङ जिल्ला कमिटीको प्रथम बिस्तारीत बैठक तथा सपथ ग्रहण सम्पन्न

नेपाल खेलकुद महासंघ धादिङ जिल्ला कमिटीको प्रथम बिस्तारीत बैठक तथा सपथ ग्रहण  सम्पन्न
कपन अनलाइन
काठमाण्डौ,भाद्र २७ ।
नेपाल खेलकुद महासंघ धादिङ जिल्ला कमिटीको प्रथम बिस्तारीत बैठक तथा सपथ ग्रहण समारोह सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष सुनिल तामाङको अध्यक्षतामा संचालित बैठकमा उपस्थित जिल्ला कमिटीका सम्पुर्ण पदाधिकारी तथा सदस्यलाई महासंघका प्रथम उपाध्यक्ष गोविन्द भट्टराईले सपथ गराएका थिए  ।
बैठकलाई सम्बोधन गर्दै भट्टराईले नेपाली खेलकुदलाई समाजमा स्थापित गराउने कुरामा महासंघको ध्यान केन्द्रित रहेको जानकारी दिदै नेपाली खेलकुद विकासमा महासंघको भुमिकाको बारेमा प्रस्ट्याएका थिए  ।
महासंघका सचिव कपिल न्यौपानेले खेलकुद र राजनीतिलाई अन्तरघुलन गराउन सके मात्र समग्र खेलक्षेत्रको उत्थान हुने हुँदा महासंघको महत्त्व दिनानुदिन बढ्दै गएको बताउदै महासंघको उदेश्य तथा सांगठनिक संरचनाको विषयमा जानकारी दिए  । बैठकमा नेकपा एमाले धादिङ जिल्ला कमिटी सदस्य हिरा थापाले नेकोस तथा पार्टीको अन्तर सम्बन्धका विषयमा प्रष्ट पारेका थिए  ।
बैठकलाई स्थायी कमिटी सदस्य मन्दिरा श्रेष्ठले खेलकुदमा महिलाको सहभागिताका विषयमा चर्चा गरेका थिए भने  केन्द्रीय सदस्य सगुन थापा मगरले खेलाडीको विविध समस्याको समाधान गर्ने विषयमा खेलकुदका सरकारी निकायको ध्यानाकर्षण गराएका थिए  ।
बैठकले १३ वटै पालिकाको संयोजक समेत तोक्नुका साथै कार्तिक महिनाभित्र सबै पालिकाको भेला भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । साथै जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको कार्यविभाजन गर्दै धादिङ जिल्लामा विभिन्न खेलकुदको कार्यक्रम संचालन गर्ने लगाएतका महत्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको छ । सो विस्तारित बैठकमा जिल्ला उपाध्यक्ष रोशन क्षेत्रीले स्वागत तथा सचीव तारा मगरले संचालन गरेका थिए  ।
तपाइँको प्रतिक्रिया ।