सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइदै

सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइदै

कपन अनलाइन

काठमाडौं भाद्र २६ ।  हरितालिका तीजको अन्तिम दिन आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइएको  छ ।भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने र स्नान गर्ने चलन छ ।आज बिहानै हिन्दु महिलाहरु कागेश्वरी मनोहरा खोला पुगेर स्नान तथा पूजा आराधना गरेका छन् ।सप्तऋषिको पूजा गरेमा रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको भए त्यसबाट मुक्ति पाइने हिन्दु धर्मावलम्बीको विश्वास छ ।

यही विश्वासका साथ महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया वा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।मुलुकभरका  ऋषेश्वोर मन्दिरमा पूजाआजाका लागि श्रदालु महिला भक्तजनको भिड लागेको छ कोरोना महामारी कम हुदै गएकाले मन्दिर खुला गरिए पनि भौतिक दुरी कायम गरि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पुजा आराधना गर्न प्रशासनले आग्रह गरेको छ ।

फोटो: सरोज बस्नेत

 

 

 

 

तपाइँको प्रतिक्रिया ।