सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्ड, एक जना पक्राउ

सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्ड, एक जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ,भाद्र २६।

सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लोकबहादुर कार्की रहेका छन् । उनी कार्की परिवारका नातामा भतिजा पर्छन् ।

गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

प्रहरीले लोकबहादुरलाई शुक्रबार पक्राउ गरेको हो । मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। लोकबहादुरले आफ्नो अपराध स्वीकार गरेको एक उच्च अधिकृतले जानकारी दिए । उनले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको बताइएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।