“वि.पी.को लक्ष्य नजिक १४औं महाधिबेशन”

“वि.पी.को लक्ष्य नजिक १४औं महाधिबेशन”

कपन अनलाइन 

काठमाडौँ, भाद्र २६ / अमर प्रकाश तिवारी 

अहिले चर्चामा रहेको नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनको महासंग्राममा नेपालको आधिकांस जिल्लाका कार्यक्रता देखि नेताहरुमा चुनावी सरगर्मी बढेको छ जसले तल्लो देखि जिल्ला तह सम्मका नेताहरुको दौडधुप बढाएको छ । जता ततै एक किसिमको प्रजातान्त्रिक समाजबादको चर्चा परिचर्चा हुदै गएको छ । विसं २००३ देखि नेपाली राष्ट्रिय कांग्रेसका रुपमा आफ्नो यात्रा थालेको पार्टीले यसबीचमा विभिन्न आरोह अवरोह पार गर्दै पछिल्लो महाधिवशेनका सङ्घारमा आइपुगेको छ ।

२००७ सालको प्रजातन्त्रको स्थापना, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्रको पुनःस्थापना, २०६२/६३ को दोस्रो लोकतान्त्रिक जनआन्दोलन, संविधानसभाबाट सङ्घीय गणतन्त्र, नेपालको संविधान जारी गरिएको जस्ता देशका प्रमुख राजनीतिक आन्दोलन, परिबर्तानकारी भूमिका र अभियानमा नेतृत्वदायी भूमिका खेलेको नेपाली कांग्रेसको आसन्न महाधिवशेनलाई समाजको तल्लो तहदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा महत्वका साथ चासो पुर्बक हेरका छन् ।

महामानव विश्वेश्वरप्रसाद कोइराला जसले नेपाली माटो सुहाउदो लोकतान्त्रिक समाजवादका बिजारोपण गरि नेपालमा तत्कालिन क्रुर तानासाह बिरुद्ध नेपालीहरुलाई एकबद्ध गराएका हुन् । आज समय अन्तरल संगै नेपाली राजनीतिमा परिबर्तन हुदै आहिले संघिय गणतन्त्रात्मक प्रणाली सम्म आइपुगेको छ । यो उच्च समाजबादको बिस्तारित रुप हो । जसले आहिले जनता बाट चुनिएर स्थानीय, क्षेत्रिय हुदै देशकै नेतृत्व सम्म चयन गर्ने प्रणालीको बिकास गरेको छ ।

हाम्रो राष्टियता र लोकतान्त्रिक क्रान्ति अझै बिस्तारित रूपमा परिमार्जित हुदै जाने पक्का छ । तर यसको स्वरूप र कुन ढाचाबाट यसको आकार आउछ त्यो हेर्नै बाकि छ । यसरी दुर दृष्टि राखी वि.पी.ले एउता प्रजातान्त्रिक समाजबाद बिजारोपण गरेर हामीमाझ सुम्पिएको लोकतान्त्रिक आन्दोलन र नेपाली काँग्रेस पार्टी अहिले हामीसंग छ, जुन संगठनात्मक संचरना निर्माणको १४औँ सृंखलामा दौडिदै छ । अहिले हामी संग वी. पी. त छैनन तर उनैले जन्माइदिएको पार्टीका साढे आठ लाख क्रियाशील कार्यकर्ता छन् । आन्दोलनहरुमा जनताले काँग्रेसलाई गरेको अटुट भरोसा छ । वि.पी.ले सुरु गरेको लोकतान्त्रिक आन्दोलन पनि हाम्रै काधमा छ ।

उनले जन्माइ दिएको लोकतान्त्रिक समाजवाद उन्मुख राजनीति छ । त्यति मात्र होइन हामीसंग वि.पी.को अवसान पछि उनले दिएको गहन जिम्मेवारी र सुन्दर भविस्य छ । हरेकका घरमा गाई होस्, अलिकति जमिन होस्, कोहि दुखि हुन नपरोस भन्ने महत्वपुर्ण लक्ष्य छ । अहिले नेपाली काँग्रेस संग जनताले धेरै आशा राखेका छन् र भरोसा पनि गरेका छन् । अहिलेको सत्ता आरोहणलाई पार्टीको गुमेको साख फर्काउने महत्व पूर्ण अवसरको रुपमा प्रयोग गराउने तर्फ नेतृत्वले काम गर्न नितान्त जरुरी देखिन्छ । बाम घटक टुक्रिएको र बिचलित जनमत एक्किकृत गर्ने यो गज्जबको अवसर नेपाली कांग्रेस प्राप्त गरेको छ । आगामी दिनका लागि शसक्त योजना र बिस्तृत कार्य योजना साथै परिपक्क एजेन्डा निर्माण गर्नु नै नेपाली काँग्रेसको मुख्य लक्ष्य रहनु पर्छ ।

देशमा वामपन्थी शक्तिमा आएको फुटले काँग्रेस वलियो हुने एक किसिमको बलियो आधार हुन सक्छ भने यिनीहरु फुट्दा र सत्तासिन रहदा उनीहरुले गरेको कामले बितृष्णा पैदा गरेको जनमाहोलले काँग्रेसप्रति विस्वास वढ्ने अर्को सम्बाभना रहेको छ । वामपन्थी शक्तिमा देखियको फुट र नेपाली काँग्रेसमा जन्मिएको र जन्मिदै गरेको धार, गुट उपगुट आदिले जनमानसमा अझै विश्वाशिलो राजनैतिक संगठनकालागि दिगोमत तयार भएको छैन । जनमतबाट पाएको बहुमतको सरकारले देश समाहल्न नसक्ने भए पछि “तुम सरणागत” भनी नेपाली काँग्रेसलाई बामशक्तिहरुले सत्ता सुम्पिएको बेला आहिले नेपाली काँग्रेस को १४औं महाधिबेशन र लगतै आम चुनाब दुवै महत्व पूर्ण जिम्बेवारी आएको छ । नेपाली काँग्रेसले यसरी पाएको जिम्बेवारीको साखलाई कायम गर्नुको साथै लोकमत प्राप्त गर्न वडा देखि केन्द्र सम्मका सवै नेता/कार्यकर्ताहरु गम्भीर हुन अति जरुरी छ ।

वि.पी.ले जुन पार्टी संगठनको कल्पना गरेका थिए आज त्यो पुरा गर्ने जिम्मेवारी आएको छ, बाम शक्तिको सत्ता मोह बाट आजित जनता, जसललाई बिस्वस्त गर्ने बेला आएको छ, लगतैको आम चुनाबमा आत्यधिक बहुमत ल्याएर वि.पी.ले भनेको जस्तै सुखी नेपाली, सम्बृद्ध नेपाली बनाउनु छ । वि.पी.ले भने जस्तै प्रजातन्त्रका दुस्मन गरिवी र भ्रष्टाचारका विरुद्ध गतिलो प्रहार गर्न सक्ष्यम काँग्रेस बनाउन यो १४औं महाधिबेसन महत्वपूर्ण छ, तसर्थ वड़ा इकाई देखि केन्द्र सम्म नेतृत्व चयन प्रक्रियामा समझदारी अपनाउनु पर्ने देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।