महंगा औषधीहरु भन्सार छली अबैध कारोबार गर्ने एकजना बुढानिलकण्ठ -८ बाट पक्राउ

महंगा औषधीहरु भन्सार छली अबैध कारोबार गर्ने एकजना बुढानिलकण्ठ -८ बाट पक्राउ

कपन अनलाइन

काठमाण्डौ.भाद्र २६।

महंगा औषधीहरु भन्सार छली अबैध कारोबार गर्ने एकजना पक्राउ बुढानिलकण्ठ -८ बाट पक्राउ परेका छन।

काठमाडौंको बुढानिलकण्ठ गल्फूटार एरियामा केहि व्यक्तिहरुले क्यान्सर रोगको उपचारमा प्रयोग हुने  औषधीहरु भन्सार छली चोरी पैठारी गरि  अबैध रुपमा कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा अपराध  महाशाखाबाट खटिएको प्रहरी टोलीले   बिभिन्न औषधीहरु बिना लाइसेन्स बिक्रि बितरण गरिरहेको अबस्थामा जिल्ला काठमाण्डौ-४  घर भई हाल  बुढानिलकण्ठ – ८ बस्ने वर्ष १९ का प्रवल भण्डारीलाई पक्राउ गरेको हो।

उनले  भारतमा रहेका आफन्त मार्फत उक्त औषधीहरु मगाई बिगत लामो समयदेखि काठमाडौंका बिभिन्न औषधी पसल, हस्पिटल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा बिक्रि बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकरी दिएको छ।

पक्राउ परेका भण्डारी बाट Vivira 440 mg (10 packet), Mabtas 500 mg (1 packet), Nanoxel 100 mg (2 packet), Biomab (2 packet), Vomient (1 packet), Tagxix 80 (1 packet), Aromasin 25 (2 packet), Thalix (8 packet), Bleocel (6packet), Nummif spray (2 packet), Xgeva 120 mg (1 packet), Goviscon (2 packet) गरी करिव ९ लाख रुपैया बरावरको औसधि बरामद गरिएको छ।
तपाइँको प्रतिक्रिया ।