पशुपतिनाथको मन्दिर भक्तजनहरुका लागि खुला

पशुपतिनाथको मन्दिर भक्तजनहरुका लागि खुला

कपन अनलाइन

काठमाडौं भाद्र २५ ।पशुपतिनाथ मन्दिर  भक्तजनहरुका लागि खुला गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण चार महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबार बाट बिहान ६ बजेबाट भक्तजनहरुका लागि खुला गरिएको हो ।पशुपतिनाथको मुख्य मन्दिर खुलेपछि पाशुपत क्षेत्रमा रहेका गुह्वेश्वरीलगायतका मन्दिरहरु पनि खुला भएका छन् । मन्दिरमा दर्शन गर्न जानेहरुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने र एकपटकमा २५ जना भक्तालुहरुलाई मात्रै मन्दिर प्रवेश गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख १० गतेबाट भक्तजनहरुका लागि बन्द गरिएको मन्दिरमा पुजारीहरुले दैनिक नित्य पूजा मात्रै गर्दै आएका थिए ।  लामो समय बन्द गरिएको पशुपतिनाथको मन्दिरमा बिहीबार क्षमापूजा समेत  गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।