काठमाण्डौ महानगरपालिका वडा नं ५ का अध्यक्षले महानगरको केन्द्रीय कार्यालय तोडफोड गरे

काठमाण्डौ महानगरपालिका वडा नं ५ का अध्यक्षले महानगरको केन्द्रीय कार्यालय तोडफोड गरे

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २५।

काठमाडौं महानगरपालिकाका एक वडा अध्यक्षले केन्द्रीय कार्यालय तोडफोड गरेका छन। काठमाण्डौ  महानगरपालिका  वडा नं ५ का वडाध्यक्ष रमेश डंगोलले केन्द्रीय कार्यालय तोडफोड गरेका हुन् ।

महानगरको इन्जिनियर सरुवाप्रति असन्तुष्टि जनाउँदै डंगोलले  प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड गरेका छन।

यस विषयमा कपन अनलाइनले बुझ्दा कुनै प्रतिक्रिया नदिएका डंगोल २०७४ शालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फ बाट निर्वाचित भएका थिए।

काठमाण्डौको पुरानो शहर हाडीगाउँ क्षेत्र रहेको वडा नं ५ का  अध्यक्ष डंगोल कर्मचारी सरुवाको विषयलाई लिएर केहि समय देखि असन्तुस्ट रहदै आएको श्रोतले बताएको छ।

 

तपाइँको प्रतिक्रिया ।