बागमती प्रदेश सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा माधब अर्याल नियुक्त

बागमती प्रदेश सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा माधब अर्याल नियुक्त

बागमती प्रदेशको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधब अर्याल नियुक्त गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका अर्याललाई आजको मन्त्रीपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । रसुवा जिल्ला घर हुनु भएका अर्यालले प्रदेशको राज्यमन्त्री सरह सुविधा प्राप्त गर्नुहुने छ ।

यसैगरी बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र तीन जना सदस्यहरुको आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सपथग्रहण गरिएको छ । प्रदेशका मुख्यमन्त्री तथा आयोगका अध्यक्ष अष्टलक्ष्मी शाक्यले आयोगका उपाध्यक्ष तथा सदस्यहरुलाई सपथग्रहण गराएकी छन  ।

आयोगका उपाध्यक्ष सिन्धुपाल्चोक मेलम्ची–६ बस्ने डाक्टर जगत बहादुर बस्नेतलाई सपथग्रहण गराउनु भएको छ । यस्तै सदस्यहरुमा रामेछाप भीरपानी–६ का ज्ञानु कुमार श्रेष्ठ, काठमाण्डौ–४ वालुवाटारका निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेललाई मुख्यमन्त्री शाक्यले सपथग्रहण गराएकी हुन ।

 

तपाइँको प्रतिक्रिया ।