बागमती प्रदेशमा ६ मन्त्री र ४ राज्यमन्त्रीको सपथ
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २३।
बामगती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गरेकी छन । शाक्यले आज ६ जना मन्त्री तथा ४ जना राज्यमन्त्री थपिएका छन। नयाँ मन्त्रीमण्डलमा एकजना मन्त्री सहित दुईजना राज्यमन्त्री महिला रहेका छन ।
प्रदेश सभा सदस्य रचना खड्का आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त हुनुभएको छ भने प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ र सरस्वती बाटी राज्यमन्त्रीमा नियुक्त भएका हुन ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रीमा डाक्टर अजयक्रान्ती शाक्य, भौतिक पूर्वाधार उद्योग,पर्यटन्, वन तथा वातावरण मन्त्रीमा शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्रीमा विजयराज सुबेदी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादर लामार स्वास्थ्य मन्त्रीमा प्रदिप कटुवाल नियुक्त हुभएका छन ।
साथै प्रदेश सभा सदस्य जिवन खड्कालाई भौतिक पूर्वाधार विकास राज्यामन्त्री , जुनुली श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्री, सरस्वती बाटीलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र बद्री मैनालीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन ।