गोकर्णेश्वरमा केन्द्रीय सदस्य कृष्ण राईको कमाल:एक दलित महिला सदस्य मात्र नेकपा एसमा
कपन अनलाइन
काठमाण्डौ,भाद्र २४।
गोकर्णेश्वर नगरपालिकामा नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधि मध्ये एक दलित महिला सदस्यले मात्र नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेकी छन।
गोकर्णेश्वर नगरपालिका वडा नं ६ की दलित महिला सदस्य रमिला बिकले भाद्र १८ गते जिल्ला निर्वाचन कार्यालय अनामनगर पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईको निर्वाचन क्षेत्र रहेको काठमाण्डौ-३ मा रहेको गोकर्णेश्वर नगरपालिकाका अरु जनप्रतिनिधिहरु भने नेकपा एमाले मै रहेका छन।
काठमाण्डौ जिल्लाका करिव ९२ प्रतिसत जनप्रतिनिधिलाई नेकपा एमालेको पक्षमा एकतावद्ध राख्न सफल भएका सांसद राईले आफ्नो बसोवास रहेको नगरपालिकामा बलियो पकड कायम गरेका छन।
तपाइँको प्रतिक्रिया ।