मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १५ ओैं राष्ट्रिय दिवसमा जनचेतनामूलक र्याली सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
हाम्रो आवाज चेलीबेटी बेचबिखन बाट मुक्त समाज र मानव बेचबिखन मुक्त समाज हाम्रो प्रतिबद्धता, सबैको प्रयास र एक्यवद्धता भन्ने नाराका साथ मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १५ ओैं राष्ट्रिय दिवसका अवसरमा माइती नेपालको आयोजनामा काठमाडौं महानगरपालिका वडा नं ९ , सामुदायिक सेवा केन्द्र चावहिल, महानगरीय प्रहरी वृत्त गौशाला लगायत विभिन्न संघसंस्थाहरुको सहभागीतामा जनचेतनामूलक र्याली सम्पन्न भएको छ ।
उक्त र्याली तीलगंगाबाट शुरु भई गौशाला स्थित महानगरीय प्रहरी वृत्त अगाडि कोण सभामा परिणत भएको थियो । उक्त कोण सभामा कामपा ९ वडा सदस्य टेकराज अधिकारी, सामुदायिक सेवा केन्द्र चावहिलका महासचिव आशिष श्रेष्ठ, महानगरीय प्रहरी वृत्तका प्रहरी निरीक्षक बलराम श्रेष्ठ र माइती नेपालका निर्देशक लगायतले मानव बेचबिखन र ओसारपसारमा समाज र प्रत्येक नागरिकले आ आफ्नो ठाउँबाट खेल्नुपर्ने भुमिका र लोभ लालच परी बिदेश जान र अन्य काममा नफस्न समेत आग्रह गरेका थिए ।