महालक्ष्मी नगरपालिकामा नेपाल स्काउटको दीक्षान्त
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२/नविना श्रेष्ठ
महालक्ष्मी नगरपालिका स्थानीय स्काउटका संरक्षक, प्रमुख स्काउट, सदस्य सचिवको, दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह भाद्र बिहीबार १७ गते सम्पन्न भएको छ। महालक्ष्मी नगरपालिकाका नगर संयोजक मुना खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय संयोजक लोक वहादुर भण्डारीको प्रमुख अतिथ्यता गरेको थियो।
महालक्ष्मी नगरपालिकामा भएको दिक्षान्त कार्यक्रममा नगरप्रमुख नेपाल स्काउटका संरक्षक रामेश्वर श्रेष्ठ, उपप्रमुख निर्मला थापा, शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेललाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक वहादुर भण्डारीले स्काउट दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो। समारोहमा आफ्नो मन्तब्य राख्दै महालक्ष्मी नगरपालिकाका स्थानीय स्काउटका संरक्षक , नगरप्रमुख रामेश्वर श्रेष्ठले स्काउट हरुलाई उत्पादनसँग जोडेर देशलाई समृद्धिको बाटोमा अग्रसर गराउनुपर्ने बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक वहादुर भण्डारीले स्काउटिंग शिक्षाको माध्यमबाट मात्र असल समाजको निर्माण सम्भव भएकाले कम्तिमा एक घर एक स्काउट बनाउने लक्ष्य सहित हालको नेतृत्व अघि बढेको धारणा व्यक्त गरेका छन्। कार्यक्रमका सभाध्यक्षको मुना खनालले उपस्थित सम्पूर्ण मा धन्यवाद व्यक्त गर्दै तर कार्यक्रम समापन गरेको थियो।
कार्यक्रममा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई, स्काउट राष्ट्रिय कार्य समितिका सदस्य विजेन्द्र ध्वजु, देवराज घिमिरे, बागमती प्रदेशका तदर्थ समितिका संयोजक केश रत्न ब्रजाचार्य, बागमती प्रदेशका तदर्थ समितिका सदस्यहरू शिव राम आर्याल, प्रकाश पौडेल, विजेश्वरी अमात्य लगायतको उपस्थिति रहेको थियो।