गोकर्णेश्वरमा बागमतीको बितण्डा,माकलवारी पुलमा क्षेती

गोकर्णेश्वरमा बागमतीको बितण्डा,माकलवारी पुलमा क्षेती

कपन अनलाइन

काठमाण्डौ,भाद्र २१।

भाद्र २० गते राति देखि परेको अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले विभिन्न संरचनाहरुमा क्षेती पुर्याएको छ। रातभरको वर्षाले गर्दा बागमती नदीमा आएको बाढीले गोकर्णेश्वर –  ८  को माकलवारीमा रहेको सानो पुलमा क्षेती पुर्याएको छ भने अन्य स्थानमा पनि असर गरेको छ।

सुन्दरीजलको वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भए संगै बढेको बागमती नदीको जल सतहले अहिले सतर्कता बिन्दु पार गरेको छ भने जल सतह पनि निकै बढेको छ।

त्यस्तै बागमती नदि संगै गोकर्णेश्वर नगरपालिकाका विभिन्न सडक र अन्य क्षेत्रमा पनि अहिले खोलो बग्ने अवस्था भएको स्थानीयहरुले बताएका छन भने यसले सवारी आवागमन र आवतजावतमा पनि समस्या परिरहेको उनीहरुको भनाइ रहेको छ ।

तपाइँको प्रतिक्रिया ।