ओखलढुंगामा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना

ओखलढुंगामा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना

कपन अनलाइन

ओखलढुंगा ,भाद्र २०।

ओखलढुंगामा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको आईतबार ओखलढुंगामा पार्टी कार्यालय स्थापना गरिएको हो।

सदरमुकाम स्थित पुरानो हुलाकडाँडामा स्थापना गरिएको पार्टी कार्यालय नेकपा (एकीकृत समाजवादी) का नेता नेत्रप्रसाद भट्राईले उद्घाटन गरेका छन् । पार्टी कार्यालय उद्घाटन गर्दै भट्राईले एमाले अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने अवस्थामा पु¥याएकाले नेपाली कम्युनिस्ट आन्दोलनलाई सार्थक र रक्षा गर्न आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको दाबी गरेका छन् ।

एमालेमा रहँदा आफ्नो नेतृत्वमा रहेको समानान्तर जिल्ला कमिटी अहिले नेकपा (एकीकृत समाजवादी) समाहित भएको जानकारी गराउँदै उनले नयाँ पार्टीमा नलागेर एमालेमै बसेका नेताहरुको ठाउँमा नयाँ पदाधिकारी मनोनित गरिने बताए ।

नेत्रप्रसाद भटराईको नेतृत्वमा ओखलढुंगाका नेताहरु  हंसराज वाग्ले, दीपक फुयल, राजन खत्री, नरेन्द्र श्रेष्ठ, मेखबहादुर खड्का, निर्मला श्रेष्ठ, मावर सुनुवार लगायतका एमालेका नेताहरु नेकपा (एकीकृत समाजवादी) मा खुलेका छन् ।

तपाइँको प्रतिक्रिया ।