ओखलढुंगा जिल्लामा कान्छो वडा सभापति बने चम्पादेवी -३ का अमिर बुढाथोकी

ओखलढुंगा जिल्लामा कान्छो वडा सभापति बने चम्पादेवी -३ का अमिर बुढाथोकी

कपन अनलाइन

ओखलढुंगा ,भाद्र २०।

नेपाली काङ्ग्रेस केन्द्रीय  समितिले सार्वजनिक गरेको वडा अधिवेशनको कार्यतालिका अनुसार चम्पादेवी गाउँपालिका वडा नं ३ मा नेतृत्व चयन गरिएको छ ।उक्त वडा अधिवेशनबाट  २६ वर्षे अमिर  बुढाथोकी सभापति पदमा सर्वसम्मत चयन भएका हुन् ।

बुढाथोकी नेपाल विद्यार्थी संघ,नेपाल तरुण दल हुदै पाटिको वडा तहको नेतृत्व गर्न सफल एक युवा भएकाले वडा स्तरीय पाटी सभापतिको जिम्मेवारि दिएको एक विद्यार्थी नेताले बताएका छन।

ओखलढुंगा जिल्लाका ७५ वटा वडा तहको अधिवेशन सकिए लगतै बुढाथोकी जिल्लाकै उमेरमा कान्छा सभापति रूपमा रहेको नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिले बताएको छ।

तपाइँको प्रतिक्रिया ।